आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गर्दै एभरेष्ट बैंक

Aug 03, 2022 05:13 AM Merolagani

एभरेष्ट बैंक लिमिटेड (EBL) ले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दैछ। बैंकले आज (साउन १८ गते) देखि ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको ८० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

६ वर्ष अवधिको सो ऋणपत्र खरिदका लागि छिटोमा साउन २२ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भर्दा १ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्गस नेपालले बैंकलाई केयर एनपी डबल ए माइनस रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।

comments powered by Disqus

यो बियरमा शेयर मूल्य ५० रुपैयाँसम्म झर्ला ? अघिल्लो बियरको मूल्यसँग तुलना गर्दा यस्तो देखियो, एनटिसीले बजार फर्काउने

Sep 25, 2022 05:52 PM

सुवास निरौला

गएको बियर ट्रेन्डमा प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँको हाराहारीमा झरेकाे थियाे। जबकि ती शेयर प्राथमिक बजारमै एक सय रुपैयाँ प्रति कित्ताका दरले निष्कासन भएका थिए। बेस प्राइस भन्दा ५० प्रतिशत छुटमा शेयर पाउँदा समेत तत्कालीन समयमा उक्त मूल्यमा शेयर सहज खरिद बिक्री हुने सहज अवस्था थिएन।