एक वर्षमा १२ अर्ब पोलिसी सरेन्डर, जबरजस्ती बीमा गराउँदा पोलिसी सरेन्डर २३ प्रतिशतले बढ्याे

Aug 03, 2022 11:42 AM Merolagani

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बीमितहरुले १२ अर्ब बढीको बीमा पोलिसी सरेन्डर (समर्पणरत्याग) गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुका बीमितहरुले ८१ हजार ८६० वटा पोलिसी वापत १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।

यो गत आर्थिक वर्षको तुलनामा २३.२६ प्रतिशतले धेरै हो । अघिल्लो अर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुकाे ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको ६५ हजार ३१३ वटा बीमालेख सरेन्डर भएको थियो ।

 

नेपाल लाइफको मात्रै ५ अर्ब बढीको पोलिसी सरेन्डर

जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्सको सबै भन्दा धेरै पोलिसी सरेन्डर भएका छन् । गत आर्थिक वर्षको असारसम्ममा कम्पनीको २६ हजार ६०३ वटा बीमालेखहरुबाट ५ अर्ब १ करोड ५४ लाख रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएका हुन् । यो कुल सरेन्डर भएका बीमालेखको ३२.५० प्रतिशत हो ।

यस्तै राष्ट्रिय बीमा संस्थानको पनि ८५ करोड ५५ लाख रुपैयाँ बराबरको १६ हजार ९१७ वटा बीमालेखहरु सरेन्डर भएका छन् ।

सरेन्डर रकम भने आइएमई लाइफको सबै भन्दा कम २ अर्ब ४० करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीको ३२४ वटा पोलिसी सरेन्डर भएर सो बराबरको रकम बीमितले फिर्ता लगेका हुन् ।

सबै भन्दा कम पोलीसी सरेन्डर हुनेमा भने सानिमा लाइफ लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बराबरको २२६ वटा बीमालेखहरु मात्रै सरेन्डर भएका छन् ।

पोलिसी सरेन्डर किन हुन्छ?

बीमा समितिले पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएपछि त्यसको कारण खोज्दै आएको थियो । पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएको भन्दै समितिले तीन वर्ष पछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण (त्याग्न) सकिने व्यवस्था सहित जीवन बीमा सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।

समितिले अघिल्लाे वर्षको असार १७ गते पनि एक निर्देशिका जारी गर्दै बीमालेख अन्तगर्त समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिँदा दुईवर्ष पूरा भएपछि मात्र दिन सकिने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था समितिले गरेको थियो ।

त्यस्तो व्यवस्थालाई परिवर्तन गर्दै जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै एकल बीमालेखको हकमा पनि बीमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले पोलिसी ल्याप्स र पोलिसी सरेन्डरको दर घट्ने बीमा समितिको बुझाई छ ।

बीमा अभिकर्ताहरु माथि जवजस्ती बीमा गराउने गरेको आरोप लाग्दै आएको छ । अभिकर्ताहरुले आफ्नो स्वार्थको लागि सर्वसाधारणलाई विभिन्न लोभ देखाएर बीमा गराउने गरेको आरोप लाग्ने गरेको हो ।

जसले गर्दा बीमितले बीमा अवधि पूरा नहुदै बीमाशुल्क भुक्तानी गर्न नसकिने अवस्थामा पुग्छन् । नविकरण शुल्क निरन्तर भुक्तानी गर्न नसकिएपछि बीमितले पोलिसी सरेन्डरको बाटो रोज्ने गरेका छन् ।

comments powered by Disqus

पत्ता लाग्याे २७५ जनाकाे ज्यान जाने गरी भएकाे ओडिशा रेल दुर्घटनाकाे कारण

Jun 04, 2023 06:47 PM

ओडिशामा भएकाे रेल दुर्घटना भएकाे २ दिन बितिसकेकाे छ । शुक्रबार साँझ भएकाे बालासाेर रेल दुर्घटनामा मृत्यु हुनेकाे संख्या २७५  पुगेकाे ओडिशा सरकारले जनाएकाे छ ।