एक वर्षमा १२ अर्ब पोलिसी सरेन्डर, जबरजस्ती बीमा गराउँदा पोलिसी सरेन्डर २३ प्रतिशतले बढ्याे

Aug 03, 2022 11:42 AM Merolagani



गत आर्थिक वर्षको असार मसान्तसम्ममा बीमितहरुले १२ अर्ब बढीको बीमा पोलिसी सरेन्डर (समर्पणरत्याग) गरेका छन् ।

बीमा समितिको तथ्यांक अनुसार १९ जीवन बीमा कम्पनीहरुका बीमितहरुले ८१ हजार ८६० वटा पोलिसी वापत १२ अर्ब १८ करोड ८ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।

यो गत आर्थिक वर्षको तुलनामा २३.२६ प्रतिशतले धेरै हो । अघिल्लो अर्थिक वर्षको अन्त्यसम्ममा जीवन बीमा कम्पनीहरुकाे ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरको ६५ हजार ३१३ वटा बीमालेख सरेन्डर भएको थियो ।

 

नेपाल लाइफको मात्रै ५ अर्ब बढीको पोलिसी सरेन्डर

जीवन बीमा कम्पनीहरुमा नेपाल इन्स्योरेन्सको सबै भन्दा धेरै पोलिसी सरेन्डर भएका छन् । गत आर्थिक वर्षको असारसम्ममा कम्पनीको २६ हजार ६०३ वटा बीमालेखहरुबाट ५ अर्ब १ करोड ५४ लाख रुपैयाँ बराबरको पोलीसी सरेन्डर भएका हुन् । यो कुल सरेन्डर भएका बीमालेखको ३२.५० प्रतिशत हो ।

यस्तै राष्ट्रिय बीमा संस्थानको पनि ८५ करोड ५५ लाख रुपैयाँ बराबरको १६ हजार ९१७ वटा बीमालेखहरु सरेन्डर भएका छन् ।

सरेन्डर रकम भने आइएमई लाइफको सबै भन्दा कम २ अर्ब ४० करोड २८ लाख रुपैयाँ रहेको छ । कम्पनीको ३२४ वटा पोलिसी सरेन्डर भएर सो बराबरको रकम बीमितले फिर्ता लगेका हुन् ।

सबै भन्दा कम पोलीसी सरेन्डर हुनेमा भने सानिमा लाइफ लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको ६ अर्ब ५० करोड ५ लाख रुपैयाँ बराबरको २२६ वटा बीमालेखहरु मात्रै सरेन्डर भएका छन् ।

पोलिसी सरेन्डर किन हुन्छ?

बीमा समितिले पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएपछि त्यसको कारण खोज्दै आएको थियो । पोलिसी ल्याप्स र सरेन्डरको दर बढ्दै गएको भन्दै समितिले तीन वर्ष पछि मात्रै बीमालेख धितोमा ऋण दिन तथा बीमालेख समर्पण (त्याग्न) सकिने व्यवस्था सहित जीवन बीमा सम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ ।

समितिले अघिल्लाे वर्षको असार १७ गते पनि एक निर्देशिका जारी गर्दै बीमालेख अन्तगर्त समर्पण मूल्य र बीमालेख धितोमा कर्जा दिँदा दुईवर्ष पूरा भएपछि मात्र दिन सकिने व्यवस्था गर्न निर्देशन दिएको थियो । तर एकल बीमालेखको हकमा भने बीमालेख जारी भएको एक वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था समितिले गरेको थियो ।

त्यस्तो व्यवस्थालाई परिवर्तन गर्दै जीवन बीमालेख सम्बन्धी निर्देशिका २०७८ जारी गर्दै एकल बीमालेखको हकमा पनि बीमालेख जारी भएको तीन वर्षपछि ऋण तथा समर्पण मूल्य प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यस्तो व्यवस्थाले पोलिसी ल्याप्स र पोलिसी सरेन्डरको दर घट्ने बीमा समितिको बुझाई छ ।

बीमा अभिकर्ताहरु माथि जवजस्ती बीमा गराउने गरेको आरोप लाग्दै आएको छ । अभिकर्ताहरुले आफ्नो स्वार्थको लागि सर्वसाधारणलाई विभिन्न लोभ देखाएर बीमा गराउने गरेको आरोप लाग्ने गरेको हो ।

जसले गर्दा बीमितले बीमा अवधि पूरा नहुदै बीमाशुल्क भुक्तानी गर्न नसकिने अवस्थामा पुग्छन् । नविकरण शुल्क निरन्तर भुक्तानी गर्न नसकिएपछि बीमितले पोलिसी सरेन्डरको बाटो रोज्ने गरेका छन् ।




नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM

सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।