हुलास स्टिल, नेपाल उधोग परिसंघ र उद्योग प्रवर्द्धन केन्द्रबीच त्रिपक्षिय सम्झौता

Aug 04, 2022 05:30 PM Merolagani



नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, नेपाल उधोग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीहरूलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धता सहित त्रिपक्षिय सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा उधोग प्रवर्द्धन केन्द्रका तर्फबाट उप–सचिव ऋृषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपक राज जोशी र हुलास स्टिलको तर्फबाट ब्राण्ड एण्ड कर्पोरेट कम्युनिकेसन म्यानेजर रबि केसीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार ३ महिनाको तालिम पश्चात् हुलास स्टिलले २ वर्षको लागि रोजगारमूलक प्रशिक्षण कार्यक्रममा छनौटमा परेका व्यक्तिलाई निति नियम अनुसार रोजगारीको अवसर प्रदान गर्नेछ। त्यस्तै, प्रशिक्षण तालिम अवधिको न्यूनतम खर्च भने नेपाल सरकारले व्यहोर्नेछ । कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम सञ्चालन कार्यविधि,२०७९ मा रहेको प्रावधान अनुसार यो सम्झौता गरिएको हो ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।