शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको अधिकांश सूचकमा सुधार

Aug 05, 2022 03:56 AM Merolagani



शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ।

सो अवधिसम्ममा बैंकले ६४ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.१० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ३७ रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४७ करोड रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २४.४४ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १.७२ प्रतिशत घटेको छ। त्यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी २०.८७ प्रतिशत र सञ्चालन मुनाफा २८.३९ प्रतिशत बढेको छ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी सामान्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ २९ पैसा बढेर १७ रुपैयाँ ७ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.२८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४३ रुपैयाँ ३ पैसा रहेको छ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १०.९३ प्रतिशत बढेको छ भने जगेडा कोष १२.६१ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप २२.२० प्रतिशत बढेको छ भने कर्जा १८.२६ प्रतिशत बढेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।