हिमालयन हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेन्ज कति?

Aug 05, 2022 12:13 PM Merolagani



हिमालयन हाइड्रोपावर लिमिटेड (HHL) ले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको १ करोड ९ लाख ५० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले आयोजना प्रभावितलाई निष्काशन गरेको ९ लाख कित्ता, सर्वसाधारणलाई निष्काशन गरेको १३ लाख ५० हजार कित्ता र संस्थापकहरुले लगानी गरेको ८७ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ७६ रुपैयाँ ३३ पैसा र अधिकतम २२८ रुपैयाँ ९९ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको शेयरलाई एचएचएल कारोबार संकेत प्रदान गरेकोछ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।