बैंकहरुको औसत लाभांश क्षमता १८ प्रतिशत, कुन बैंकले कति बाँड्न सक्छन् लाभांश ?

Aug 07, 2022 02:50 PM Merolagani

वाणिज्य बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार औसतमा १८.०९ प्रतिशत लाभांश बाँड्न सक्ने क्षमता देखिएको छ। बैंकहरुको गत वर्षको नाफा र शेयरधनी कोषमा रहेको रकम समेतबाट औसतमा १८ प्रतिशत लाभांश बाड्न सक्ने क्षमता देखिएको हो। 

गत वर्ष ३ बैंक बाहेक सबै बैंकको खुद नाफा बढेको छ। साना बैंकहरुले खुद नाफा धेरै बढाएका छन्। गत वर्ष सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा धेरै नाफा कमाएको छ। नाफा बढ्दा उनीहरुले शेयरधनीलाई दिनसक्ने प्रतिफल पनि केहि बढेको छ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार ८ बैंकको लाभांश क्षमता औसतभन्दा बढी देखिएको छ भने बाँकी १८ बै‌ंकको लाभांश क्षमता औसतभन्दा कम छ।

तथ्याँक अनुसार एभरेष्ट बैंकको लाभांश क्षमता सबैभन्दा धेरै देखिएको छ। एभरेष्ट बैंकले कुल ४३.६७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ।

यस्तै, नबिल बैंकले पनि ३९.९४ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्छ। बैंकले गतवर्ष धेरै नाफा कमाउन नसकेको भए पनि नेपाल बंलादेश बै‌ंकलाई ४३ प्रतिशत स्वाप रेशियो दिएर आफुमा गाभेकोले सो को प्रिमियम बापत आएको रकमलाई समेत वितरण योग्य नाफामा देखाएको छ। यसले गर्दा उसको लाभांश क्षमता उच्च देखिएको छ।

गत वर्ष लाभांश वितरण गर्न नपाएको एनआइसी एशिया बैंकको पनि ३३.२६ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता देखिएको छ। अघिल्लो वर्ष बैंकको पूँजीकोष नपुगेकोले केन्द्रिय बैंकले लाभांश वितरणमा रोक लगाएको थियो। गत वर्ष लाभांश बाँड्न नपाउदा पनि उसको लाभांश क्षमता बढी देखिएको छ।

गत वर्ष सेञ्चुरी बैंकको लाभांश क्षमता सबैभन्दा कम देखिएको छ। बैंकले यस वर्ष ९.५४ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता राख्छ जुन वाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम हो। यस्तै लक्ष्मी बैंकले पनि १०.८७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ भने सिभिल बैंकले ११.०९ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले ११.१३ प्रतिशत, सिटिजन्स बैंकले ११.२४ प्रतिशत र मेगा बैंकले ११.४४ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता राख्छ।

  • कुन बैंकले शेयरधनीलाई कति लाभांश दिन सक्छन् हेराैँः

कम्पनीहरूले आफ्नो नाफाको एक भाग लाभांशको रूपमा बाँड्छन् भने बाँकी भागलाई व्यवसायमा पुनः लगानी गर्नका लागि राख्छन्। लाभांश कम्पनीको शेयरधनीहरूलाई भुक्तान गरिन्छ। केहि बैंकले धेरै लाभांश दिने क्षमता हुँदाहुँदै पनि शेयरधनीलाई कम मात्र लाभांश दिएर आफैले व्यवसाय विस्तारमा केन्द्रित भएका छन् भने केहि बैंकले आफ्नो क्षमताको अधिकतम विन्दुसम्म पुगेर लाभांश वितरण गर्ने गर्छन्।

  • गत वर्ष नबिल बैंकले दिएको थियो सबैभन्दा धेरै लाभांश

आर्थिक वर्ष २०७७/७८ को कमाइबाट नबिल बैंकले शेयरधनीहरुलाई सबैभन्दा धेरै लाभांश वितरण गरेको थियो बैंकले शेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण गरेको हो।

यस्तै सिभिल बैंकले भने सबैभन्दा कम ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो।

  • हेरौ गत वर्ष कुन बैंकले कति लाभांश दिएका थिएः

 

comments powered by Disqus