चार म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Aug 22, 2022 08:41 AM Merolagani

भदौ ६ गते, सोमबार, म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।

सिद्धार्थ इक्विटी फण्ड (SEF), सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ (SIGS2), लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नती कोषले लाभांश वितरण प्रयोजनार्थ भदौ ७ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम यी म्युचुअल फण्डका इकाईधनीहरुले यी फण्डहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ इक्विटी फण्डले ९ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड–२ ले १० प्रतिशत, लक्ष्मी इक्विटी फण्ड (LEMF) र लक्ष्मी उन्नती कोष (LUK) ले ५-५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेका छन्।

comments powered by Disqus