हेलो नेपालको लाइसेन्स खारेजी विरुद्ध अदालत जाँदै अजय सुमार्गी

Aug 25, 2022 01:46 PM Merolagani



सरकारले लामो समय बक्यौता नतिरेको भन्दै खारेज गरेको टेलिकम कम्पनी (नेपाल स्याटेलाइट टेलिक) हेलो नेपाल सर्वोच्च अदालत जाने भएको छ ।

बक्यौता नतिरकोे भन्दै अघिल्लो हप्ता बसेको मन्त्रीपरिषद्को निर्णयले हेलो नेपालको लाइसेन्स खारेज गरेको थियो । 

विगत ५ बर्षदेखि हेलो नेपाल स्याटेलाइट टेलिकमले युनिफाइड लाइसेन्स बापतको नविकरण दस्तुर, फ्रिक्वेन्सी, रोयल्टी लगाएत विभिन्न शीर्षकमा झन्डै एक अर्ब रुपैयाँ बढी भुक्तानी गर्न बाँकी छ ।

सरकारले लाइसेन्स खारेज गरेपछि व्यवसायी अजय सुमार्गीले सरकारको निर्णय विरुद्ध अदालत जाने तयारी गरेकाे मुत्तिश्री समुहका निर्देशक अरुणराज सुमार्गीले मेरो लगानीलाई जानकारी दिए ।

‘अब हाम्रो अन्तिम बाटो नै अदालत जाने भयो’ सुमार्गीले भने ‘खारेजी विरुद्ध मुद्दा लड्न वकिलहरुसँग छलफल र फाइलहरु तयार भइरहेको छ । ’ 

उनले सरकारले नै युनिफाइड लाइसेन्स नदिएर यस्तो मिडियाबाजी गरिरहेको आरोप लगाए ।

हेलो नेपालको लाइसेन्स २०७६ भदौमापनि नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको थियो । तर, सरकारसँग पुनरावलोकन निवेदन दिएर तत्कालिन केपी शर्मा ओलीको सरकारले जोगाउँदै ५ बर्षे किस्ता सुविधा दिएको थियो ।

किस्ता सुविधा दिए पनि हेलाे नेपालले हालसम्म कुनै रकम बुझाउन सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालसँग निकट रहेका व्यवसायी अजय सुमार्गीको कम्पनी हेलो नेपाल अहिले सञ्चालनमा छैन ।

तर, सञ्चालनमा नभएपनि शक्तिको आडमा टेलिकमको लाइसेन्स र फ्रिक्वेन्सी होल्ड गरेर बसिरहेको छ ।

यो पनि पढ्नुस् 

सरकारले खारेज गर्यो अजय सुमार्गीको टेलिकम कम्पनी ‘हेलो नेपाल’, सिजिले लाइसेन्स पाउने बाटो खुल्यो




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।