सनराइज फर्स्ट म्युचुअल फण्डको बुकक्लोज कहिले?

Sep 07, 2022 09:40 AM Merolagani

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड (SFMF) ले बुकक्लोज मिति घोषणा गरेको छ। फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति घोषणा गरेको हो।

फण्डले गत आर्थिक वर्षको लागि योजनाको इकाईधनीहरलाई कर सहित १२ प्रतिशतका दरले योजनाको प्रतिफल वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रयोजनार्थ फण्डले भदौ २९ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

फण्डको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।