प्रि ओपन सेसन अपडेटः झिनाे अंक बढ्यो नेप्से

Sep 12, 2022 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ११.४६ अंक घटेर १९२६.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१६ अंक बढेर १९२६.४५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १० स्टकको ७१ हजार २६७ रुपैयाँ बराबरको २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




अब १० रुपैयाँ मूल्यमा पनि आइपीओ

Jun 23, 2026 04:14 PM

बाबुकृष्ण महर्जन

सरकारले पब्लिक कम्पनीहरूको शेयरको अंकित मूल्य अनिवार्य रूपमा १०० रुपैयाँ नै हुनुपर्ने दशकौँ पुरानो व्यवस्थालाई परिमार्जन गर्ने तयारी गरेको छ।