प्रि ओपन सेसन अपडेटः झिनाे अंक बढ्यो नेप्से

Sep 12, 2022 10:51 AM Merolagani



साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात आइतबार ११.४६ अंक घटेर १९२६.२९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.१६ अंक बढेर १९२६.४५ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा १० स्टकको ७१ हजार २६७ रुपैयाँ बराबरको २४० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ वटा स्टकको मूल्य बढेको छ भने ४ वटाको घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




यी चार कारण जस्ले गर्दा बालेनले प्रधानमन्त्री बन्ने आँट गरेनन्

Sep 12, 2025 04:56 PM

जेनजी आन्दोलनका कारण सरकार ढलेपछि धेरैको ध्यान काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन साहमाथि गयो । उनी नै प्रधानमन्त्री हुनेछन् भन्ने धेरैको अनुमान थियो । जेनजीमध्ये अधिकाँशको माग पनि त्यही थियो ।