वाणिज्य बैंकहरुले बढाए ब्याजदर

Sep 16, 2022 06:38 AM Merolagani



भदौको अन्तिम दिन वाणिज्य बैंकहरुले असोज महिनाका लागि नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्। प्रकाशित सुचना अनुसार पछिल्लो ६ महिनादेखि स्थिर ब्याजदर कायम गरेका वाणिज्य बैंकहरुले असोज महिनाका लागि ब्याजदर बढाएका छन्।

वाणिज्य बैंकहरुको अधिकतम १२.१३ प्रतिशत पुगेको छ। बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरले ब्याजर प्रदान गर्ने भएका छन्।

बैंकर्स सँघले विगत ६ महिनादेखि निक्षेपमा ब्याजदर नबढाउने गरी गर्दै आएको भद्र सहमति खारेज गरेसँगै बैंकहरुले ब्याजदर बढाएका हुन्। भदौ ३० गते, बिहीबार बसेको सँघको कार्यसमिति बैठकले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको थियो।

गत फागुनदेखि नै बैंकहरुले निक्षेपको ब्याज बढाएका थिएनन्। सबै बैंकले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याज दिँदै आएका थिए। तर केहि बैंकले भद्र सहमति तोडेर धेरै ब्याज दिन थालेपछि बैंकर्स सँघले ब्याजदर निर्धारणलाई स्वतन्त्र छोड्ने निर्णय गरेको हो।

राष्ट्र बैंकले अघिल्लो महिनाको औसत ब्याजदरको १० प्रतिशत मात्रै बढाउन पाउने व्यवस्था गरेकोले असोजमा बैंकहरुले अधिकतम १२.१३ प्रतिशत ब्याजदर कायम गरेका हुन्।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।