प्रि ओपन सेसन अपडेटः करिब साढे ३ अंक घट्याे नेप्से

Sep 16, 2022 10:52 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ३ अंक घटेको छ।

बिहीबार ५७.०० अंक घटेर १९२४.४८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.४३ अंक घटेर १९२१.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.७३ अंक घटेको छ।

शुक्रबार प्रि ओपन सेसनमा १९ स्टकको १६ लाख ६१ हजार ५५ रुपैयाँ ६० पैसा बराबरको ३ हजार ७२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २ वटा स्टकको मूल्य बढेको छ भने १७ वटाको घटेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।