लघुबीमा कम्पनी खोल्न लगानीकर्ताहरु इच्छुक देखिएनन्, २३ दिन वित्दा पनि आवेदन परेन

Sep 18, 2022 05:42 PM Merolagani

बीमा समितिले भदौ १० गते लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको थियो । समितिले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरे अनुसार लघुबीमा कम्पनी स्थापनाको लागि आह्वान गरेको हो ।

तर लघुबीमा कम्पनी स्थापनाको लागि आह्वान गरेको २३ दिन वित्तिसक्दा पनि अझै एउटा पनि आवेदन परेको छैन् । बीमा समितिका कार्यकारी निर्देशक रामुरमण पौडेलले हालसम्म पनि लघु बीमा कम्पनी सञ्चालनको लागि आवेदन नपरेको पुष्टि गरेका हुन् ।

'लघुबीमा कम्पनीको लाइसेन्स माग्दै हालसम्म कुनै पनि कम्पनीको आवेदन परेको छैन् ।' समितिका कार्यकारी निर्देशक पौडेलले भने,'अझै समय छ । त्यस अवधिमा लाइसेन्सको लागि आवेदन पर्ला नि ।'

समितिले लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गर्नु अघिनै करिब १ दर्जन कम्पनीहरुले आवेदन दिएका थिए । तर समितिले उक्त आवेदनहरु रद्द गर्दै नयाँ प्रस्ताव आह्वान गरेको हो ।

लघु बीमा कम्पनीबाट धेरै विजनेश नहुने भएकोले लगानीकर्ताहरुले खासै चासो नदेखाएको हुन सक्ने समितिकै पूर्व कार्यकारी निर्देशक श्रीमान कार्कीको भनाई छ ।

'लगानीकर्ताहरुले तत्काल रिर्टन खोज्छन् । लघुबीमा कम्पनीको प्रिमियम कम छ । यसबाट खासै धेरै विजनेश पनि हुदैन ।' उनले भने,'त्यस माथि चुक्ता पूँजी पनि ७५ करोड रुपैयाँ तोकिएको छ । लगानीकर्ताहरुलाई पूँजी जुटाउने पनि समस्या भइरहेको हुनसक्छ ।'

यद्यपी उनले आफुहरुले भने लघु बीमा कम्पनी सञ्चालनको लागि अनुमति लिने तयारी गरिरहेको जानकारी गराए । 'हामीले पनि लघु बीमा कम्पनीको लागि आवेदन दिने तयारी गर्दैछौं । पूँजी जुटाउने विषयमा हामी छलफल गर्दैछौं ।' उनले भने ।

रि इन्स्योरेन्स कम्पनीको लाइसेन्स नपाएपछि कार्की सहितको समुहले लघु बीमा कम्पनीको लाइसेन्स लिने तयारी थालेका हुन् ।

समितिले ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको छ । सूचना प्रकाशित भएको ३५ दिनको १२ बजेभित्र समितिको नाममा शिलबन्दी प्रस्ताव पेश गर्न आग्रह गरेको हो ।

प्रस्तावित लघुबीमा कम्पनीको चुक्ता पूँजी प्रस्ताव गर्दा कम्तीमा ७५ करोड रुपैयाँ हुने पर्ने उल्लेख छ । यस्तै प्रस्ताव संस्थापकहरुले एकै किसिमको बीमा व्यवसाय गर्ने बीमा कम्पनीहरुमा हुन नहुने पनि व्यवस्था गरेको छ ।

बीमा समितिले हाल सञ्चालनमा रहेका बीमा कम्पनीहरुले लक्ष्य पुरा गर्न नसक्दा लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्न लागिएको जनाएको छ । बीमा कम्पनीहरुले समितिको निर्देशन अनुसार लक्ष्य पुरा गर्न नसक्दा लघु बीमा व्यवसाय गर्नकै लागि लघु बीमा कम्पनीको लाइसेन्स वितरण गर्न लागिएको समितिको भनाई छ ।

ग्रामीण एवं दुर्गम भेगमा बसोवास गर्ने नागरिकले आफ्नो स–सानो रकमबाट आफू र आफ्नो परिवार,घर,व्यवसाय,खेतीपाती,पशुपन्छी,जडिबुटीलगायतको बीमा गरी जोखिम बीमा कम्पनीहरूलाई हस्तान्तरण गर्न लघु बीमा कम्पनीलाई लाइसेन्स वितरण गर्न लागिएको समितिले जनाएको छ ।

लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिकामा के छ ? 

बीमा समितिले लघुबीमा कम्पनी स्थापनाको लागि बाटो खुलाउँदै भदौ ६ गते लघु बीमा संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका २०७९ जारी गरेको थियो ।

निर्देशिका अनुसार पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता हुनुपर्ने कम्पनीले चुक्ता पूँजीको न्युनतम ३० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने उल्लेख छ ।

यस्तै संस्थापकको पनि न्युनतम ५१ प्रतिशत शेयर हुनु पर्ने निर्देशिकामा व्यवस्था छ ।

लघु बीमा कम्पनीको कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुनु पर्ने पनि निर्देशिकामा उल्लेख छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।