भदौ महिनामा आधा खर्ब बढीले बढ्यो बैंकहरुको निक्षेप, एक सातामै ४० अर्ब बृद्धि, कुन बैंकले कति बढाए?

Sep 20, 2022 04:58 PM Merolagani



भदौ महिनामा बैंकहरुको निक्षेप संकलन आधा खर्ब बढीले बढेको छ। नेपाल बैंकर्स एशोशियसनको तथ्याँक अनुसार भदौ महिनामा बैंकहरुमा ५२ अर्ब १५ करोड रुपैयाँ निक्षेप थपिएको छ।

साउनमा उच्च दरमा घटेको निक्षेप भदौ दोस्रो साताबाट बढ्न थालेको थियो। भदौको अन्तिम साता मात्रै बैंकहरुको निक्षेप संकलन ४० अर्बभन्दा धेरैले बढेको छ।

भदौ महिनामा २० वाणिज्य बैंकको निक्षेप बढेको छ भने ५ बैंकको निक्षेप घटेको छ। राष्ट्रिय वाणिज्य बैंकको निक्षेप संकलन सबैभन्दा धेरै १५ अर्ब रुपैयाँले बढेको छ भने सानिमा बैंकको ३ अर्बभन्दा धेरैले घटेको छ।

भदौमा बैंकहरुको कर्जा भने १३ अर्ब रुपैयाँले मात्रै बढेको छ। जसमा १७ बैंकको कर्जा बढेको छ भने ९ बैंकको कर्जा लगानी घटेको छ।

२६ वाणिज्य बैंकमा भदौमा एनआइसी एशिया बैंकले कर्जा लगानी ५ अर्ब ७५ करोड रुपैयाँले बढाएको छ भने सेञ्चुरी बै‌ंकले ५ अर्ब ५६ करोड रुपैयाँले घटेको छ।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।