हुरुन रिच लिस्ट २०२२ः पहिलो स्थानमा अडाणी, दैनिक १६ अर्ब १२ करोड कमाई, दाेस्राेमा झरे अम्बानी

Sep 22, 2022 04:47 PM MeroLagani

आइआइएफएल वेल्थ हुरुन इंडिया रिच लिस्ट २०२२ बुधवार प्रकाशित भयो । यस लिस्टमा अडाणी ग्रुपका अध्यक्ष गौतम अडाणी १०.९४ लाख करोड भारतीय रुपैयाँको सम्पत्तिसँगै पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा रिलायंस इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी छन्। उनको सम्पत्ति ७.९४ लाख करोड रुपैयाँ छ ।

३० सेप्टेम्बर २०२१ मा जारी भएको पछिल्लो हुरुन लिस्टपछि अडाणीले हरेक दिन १६१२ करोड रुपैयाँले सम्पत्ति बढेको देखिएको छ । अम्बानीले यो अवधिमा हरेक दिन २१० करोड कमाई गरेका छन् । अडाणीको सम्पत्तिमा ११६% को वृद्धि भएको छ भने अम्बानीको सम्पत्तिमा ११ प्रतिशतको मात्रै वृद्धि देखिएको छ । २०२१ को हुरुन रिच लिस्टमा अम्बानी पहिलो र अडाणी दोस्रो नम्बरमा परेका थिए ।

यो सूचीमा तेस्रो नम्बरमा साइरस पूनावाला, चौथोमा पर नाडार र ५ औं नम्बरमा राधाकिशन दमानीको नाम छ । भारतकाे सबैभन्दा नयाँ एडटेक यूनिकर्न फिजिक्स वाला को–फाउंडर अलख पाण्डे, प्रतीक माहेश्वरी र क्विक कमर्स जेप्टाको को–फाउंडर कैवल्य वोहरा पहिलापटक हुरुन इंडिया रिच लिस्टमा समावेश भएका हुन ।

हुरुन लिस्टको सुरुवातपछि पहिलोपटक लिस्टमा समावेश धनीहरुको कुल सम्पत्ति १ सय लाख करोड रुपैयाँ पुगेको छ । यो सिंगापुर, यूएई र साऊदी अरबको संयुक्त जीडीपी भन्दा धेरै हो । हुरुनले आईआईएफएल वेल्थसँगको साझेदारीमा हुरुन इन्डिया रिचलिस्टको ११ औं वार्षिकोत्सव संस्करण सुरु भएको हो ।

फिजिक्सका फाउंडर्सको सम्पत्ति ४०० करोड

रिपोर्टका अनुसार अलख पाण्डे र प्रतीक माहेश्वरी दुबैको व्यक्तिगत सम्पत्ति ४०० करोड रुपैयाँ छ । १ हजार १ सय ३ जनाको सूचीमा यी दुवै ३९९ औं स्थानमा छन् । पाण्डे र माहेश्वरीले कोरोना महामारीको एडटेक कम्पनी फिजिक्स सुरु गरेको थियो । जून महिनामा उनीहरूले १०० डलरको फन्डिङ जुटाएर कम्पनीको भ्यालुएसन १.१ बिलियन डलर पुगेको छ । सूचीमा सबैभन्दा कम उमेरका १९ वर्षीय कैवल्य वोहरा पनि छन् ।

सूचीमा पहिलोपटक १ सय स्टार्टअप फाउन्डरहरु

सूचीमा पहिलोपटक १०० स्टार्टअप फाउन्डरहरुलाई फिचर गरिएको थियो । तिनीहरुको कुल सम्पत्ति ५ लाख ६ हजार करोड रुपैयाँ र औसत आयु ४० सालको छ । सूचीमा १ हजार करोड रुपैयाँ र त्यो भन्दा धेरै सम्पत्तिका मालिकहरुलाई समावेश गरिएको छ । यो पटक यस सूचीमा ११०३ मानिसहरू समावेश गरिएको छ । पछिल्लो वर्षको तुलनामा ९६ जना बढी छ । उनी पछिल्लो समय ५ वर्षको अवधिमा ६२% ले वृद्धि भएको देखिएको छ ।

फर्मास्युटिकल सेक्टरको उच्च योगदान

फर्मास्युटिकल सेक्टरबाट रिच लिस्टमा सबैभन्दा धेरै १२६ जना उद्यामी समावेश भए । फर्मा पछि केमिकल्स एन्ड पेट्रोकेमिकल्स (१०२) र सफ्टवेयर एन्ड सर्विसेज (८४) समावेश छन्। ब्यूटी एन्ड वेलनेस ई–कमर्स प्लेटफार्म–एनवाईकेएएको सफल सूचीकरणसँगै ५९ वर्षकै फाल्गुनी नायर, ६८ वर्षको बायोटेक क्वीन किरण मजुमदारलाई पछाडि पारेर भारतको सबैभन्दा धनी महिलना बनेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।