सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको कम्पनी विश्लेषण

Oct 15, 2022 07:02 PM Merolagani

यस साता फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ४.९६ प्रतिशत बढेको छ। अघिल्लो साता १५०८.५५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७४.७८ अंक बढेर १५८३.३३ विन्दुमा पुगेको छ।

सोही उपसमूहका कम्पनीहरुमध्ये एक कम्पनी हो सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड (CFCL)।

यस साता सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयरमूल्य १९ रुपैयाँ बढेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २९६ रुपैयाँमा अन्तिम कारोबार भएको यस फाइनान्सको शेयर, यस साता ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यस अनुसार आगामी दिनमा फाइनान्सको शेयरमूल्य उकालो लागेमा ३६० रुपैयाँमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, फाइनान्सको शेयरमूल्य ओरालो लागेमा भने २८० रुपैयाँमा टेवा पाउने देखिन्छ।

पछिल्लो समय फाइनान्सको ५ दिने इएमए २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजारमा फाइनान्सको बाइङ्ग मोमेन्टम कमजोर रहेको संकेत गर्दछ। यद्यपि, साताको अन्तिम कारोबार दिन यी दुई बीचको दूरी घटेको छ। आगामी साता ५ दिनो इएमएले २० दिने इएमएलाई तलबाट काटेर माथि लागेमा गोल्डेन क्रशओभर बन्नेछ जसले फाइनान्सको शेयरमूल्य बढ्ने संकेत गर्दछ।

साताको अन्तिम कारोबार दिन फाइनान्सको शेयरमूल्यले छोटो टुप्पी भएको हरियो मैनबत्ती बनाएको छ। यसले सो दिन बजारमा खरिदकर्ताको चाप बढी रहेको संकेत गर्दछ।

शेयरमूल्य बढेपनि फाइनान्सको भोल्यूम भने कमजाेर छ। यस साता फाइनान्सको दैनिक औषतमा ११ हजार ८५० कित्ता शेयर खरिदबिक्री भएको थियो। यससँगै फाइनान्सको २० दिने औषत भोल्युम १३ हजार २२३ कित्ता रहेको छ। २० दिने औषत भोल्यूमको तुलनमा दैनिक औषत भोल्यूम १०.३८ प्रतिशत कम हो छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सेन्ट्रल फाइनान्सले ६ करोड ४३ लाख ९४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १० करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

सो अवधिसम्ममा फाइनान्सले २ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ९ करोड ८ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ। सो अवधिसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ५ करोढ ५८ लाख रुपैयाँ रहेको छ।

९४ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा २६ करोड ९१ लाख रुपैयाँ सञ्चित छ।

सो अवधिसम्ममा फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७९ पैसा रहेको छ। त्यसैगरी, फाइनान्सको बुकभ्यालु १२८ रुपैयाँ ३७ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा फाइनान्सको पीई रेशियो ४६.४२ गुणा रहेको छ। त्यस्तै, फाइनान्सको प्राइस टु बुकभ्यालु रेशियो २.४६ गुणा रहेको छ।

गत साताको अन्तिम कारोबार दिन फाइनान्सको आरएसआई ५१.०१ स्केल अर्थात न्यूट्रल जोनमा रहेको छ। यसले बजारमा फाइनान्सको शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ।

हाल नेप्सेमा फाइनान्सको ९४ लाख ८८ हजार ७५४.६० कित्ता शेयर सूचीकृत छ। गत बिहीबार फाइनान्सको शेयर प्रतिकित्ता ३१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस अनुसार फाइनान्सको कुल बजार पूँजीकरण २ अर्ब ९९ करोड ८ लाख ५५ हजार ४४९ रुपैयाँ ९२ पैसा रहेको छ।

फाइनान्सको पछिल्लो १८० दिनको औषत मूल्य ३१९ रुपैयाँ ५१ पैसा रहेको छ। त्यस्तै, फाइनान्सको ५२ हप्ताको उच्च शेयरमूल्य ६३७ रुपैयाँ रहेको छ भने न्यून मूल्य २३२ रुपैयाँ रहेको छ।

फियर एण्ड ग्रीड मिटरमा फाइनान्स अहिले फियर जोनबाट विस्तारै माथि गइरहेको देखिन्छ। यसले फाइनान्सको शेयरमूल्य अझ घट्छ भन्ने डर केही कम भएको संकेत गर्दछ।

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।