एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित म्युचुअल फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 31, 2022 09:16 AM Merolagani

एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित म्युचुअल फण्डहरूको प्रतिफल सुरक्षित गर्ने आज (कात्तिक १४ गते) अन्तिम दिन रहेको छ।

एनआईसी एशिया ग्रोथ फण्ड (NICGF), एनआईसी एशिया ब्यालेन्स्ड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले प्रतिफल वितरण प्रयोजनार्थ भोलि अर्थात कात्तिक १५ गते एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म कारोबार भइ कायम इकाईधनीहरुले यी म्युचुअल फण्डहरुले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन्।

एनआईसी एशिया ग्रोथ फण्डले कर सहित १३ प्रतिशत अर्थात १० करोड ८५ लाख ७६ हजार रुपैयाँ, एनआईसी एशिया व्यालेन्सड् फण्ड (NICBF) ले पनि कर सहित १३ प्रतिशत अर्थात ९ करोड ८१ लख ५० हजार रुपैयाँ वितरण गर्नेछन्। त्यसैगरी, एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले ६ प्रतिशत प्रतिफल वितरण गर्नेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।