प्रि ओपन सेसन अपडेटः करिब साढे १ अंक बढ्यो नेप्से

Nov 23, 2022 10:53 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ७.१३ अंक घटेर १९२९.७१ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.३० अंक बढेर १९३१.०० विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.३५ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १० स्टकको ८ लाख ३८ हजार ७३३ रुपैयाँ ६० पैसा बराबरको १ हजार ९५८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८ स्टकको मूल्य बढेको छ भने २ स्टकको मूल्य घटेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।