जनता समाजवादी पार्टीले खाेल्याे खाता, पर्सा १ मा प्रदीप यादव पुनः विजयी

Nov 23, 2022 04:53 PM Merolagani

जनता समाजवादी पार्टीले प्रतिनिधी सभामा खाता खाेलेकाे छ । पर्सा १ मा जनता समाजवादी पार्टी (जसपा) का प्रदीप यादव पुनः विजयी भएका छन् । पूर्व वन तथा वातावरणमन्त्री रहेका यादवले २२ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् । 

नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्विवेदीमाथि उनले जित हासिल गरेका हुन् । यादवले द्विवेदी भन्दा १ हजार ६ सय २० बढी मत पाएका छन् । द्विवेदीकालागि २० हजार ९ सय १७ मत खसेको छ। यादवले नेकपा एमालेको समर्थन पाएका थिए ।

तेस्रो स्थानमा राप्रपाका किरणमान डंगोलले २ हजार ६ सय ५१ मत पाउँदा सत्ता गठबन्धनका साझा उम्मेदवार लोकतान्त्रिक समाजवादी लोसपा का नेता लक्ष्मणलाल कर्णले १ हजार १ सय १७ मत पाएका छन् । २०७४ मा कर्ण पर्सा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।

 

comments powered by Disqus

रिलायन्स स्पिनिङको आइपीओ कम्तिमा ५० कित्ता भर्नु पर्ने जसका लागि ४१ हजार ४० रुपैयाँ चाहिने

Jun 26, 2024 06:32 PM

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ स्वीकृतिसँगै लगानीकर्ताहरुले पैसाको जोहो गर्नुपर्ने भएको छ । बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन गर्न लागेको दोस्रो कम्पनी रिलायन्स स्पिनिङकाे लागि लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ जोहो गर्नुपर्ने भएको छ । न्युनतम ५० कित्ता शेयरकाे लागि आवेदन गर्नुपर्ने हुँदा साे रकम आवश्यक पर्ने भएकाे हाे ।