विवाहकाे लगनमै बढ्याे सुनकाे मुल्य, एकैदिन एक हजार रूपैयाँले महंगियाे

Nov 24, 2022 11:51 AM Merolagani



लगातार तीन दिन घटेको सुनको मूल्य बिहीबार बढेको छ । मंसिर ८ गते, सुन तोलामा एक हजार रुपैयाँले महंगिएको हो । चाँदीको मूल्य पनि आज वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको मूल्यमा थिरावट भएको थियो । हिजो सुन प्रतितोला ४०० रुपैयाँले सस्तिएर ९६ हजार ८०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको थियो । हिजो चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।