विवाहकाे लगनमै बढ्याे सुनकाे मुल्य, एकैदिन एक हजार रूपैयाँले महंगियाे

Nov 24, 2022 11:51 AM Merolagani



लगातार तीन दिन घटेको सुनको मूल्य बिहीबार बढेको छ । मंसिर ८ गते, सुन तोलामा एक हजार रुपैयाँले महंगिएको हो । चाँदीको मूल्य पनि आज वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार भने सुनको मूल्यमा थिरावट भएको थियो । हिजो सुन प्रतितोला ४०० रुपैयाँले सस्तिएर ९६ हजार ८०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको भाउ पनि उकालो लागेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ३०५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

अघिल्लो कारोबार दिन, चाँदी तोलामा पाँच रुपैयाँले सस्तिएको थियो । हिजो चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा किनबेच भएको थियो ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।