बाँके ३ मा कांग्रेसका किशोरसिंह राठौर विजयी

Nov 24, 2022 12:22 PM Merolagani

बाँके ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर विजयी भएका छन् । उनी निर्वाचित भएसँगै लुम्बिनी प्रदेशमा कांग्रेसले जितको खाता खोलेको छ ।

प्रदेश सभापति समेत रहेका राठौर ४ हजार ७९३ मतान्तरले विजय भएका हुन् । उनले २९ हजार ४० मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमाले बाँकेका अध्यक्ष किष्मतकुमार कक्षपति २४ हजार २४७ मतमा रोकिएका हुन् ।

comments powered by Disqus

राजनीतिबाट विरक्तिएपछि पदबाट हटाइदिन अनुरोध गर्दै मन्त्री बुढा, नहटाए आफै राजीनामा दिने, अब कहिल्यै चुनाव नलड्ने

May 19, 2024 04:10 PM

मन्त्री बन्नको लागि राजनीतिक पार्टीका नेताहरुबीच निकै चर्काे हानथाप हुने गर्छ । तर, अहिले एकजना त्यस्ता मन्त्री भेटिएका छन्, जस्ले आफूलाई ‘मन्त्री हुने रहर पुग्यो, मलाई हटाएर अर्काेलाई मन्त्री बनाइदेउ’ भन्दै पार्टी नेताहरुसँग हार गुहार गरेका छन् ।