बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर स्थिर

Dec 15, 2022 05:50 AM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुले पुस महिनामा पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। मंसिरको अन्तिम दिन बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गरेको पुस महिनको ब्याजदरको सूचनाबाट यस्तो देखिएको हो।

मंसिर महिनामा अधिकतममा १२.१३ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका वाणिज्य बैंकहरुले पुसमा पनि सोही ब्याजदरमा निक्षेप संकलन गर्ने भएका छन्। बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा सो दरमा ब्याज दिँदै आइरहेका छन्।

त्यसैगरी, विकास बैंकहरुले गत महिना ब्याजदर १३ प्रतिशतबाट १२.८५ प्रतिशतमा झारेका थिए। पुस महिनामा पनि अधिकांश विकास बैंकहरुले सोही ब्याजदरलाई निरन्तरता दिने भएका छन्।

अधिकांश फाइनान्स कम्पनीहरुले अधिकतममा १३.३५ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन्। कात्तिकमा साढे १३ प्रतिशत रहेको फाइनान्सको ब्याजदर मंसिरमा घटाइएको थियो। फाइनान्स कम्पनीहरुले २ वर्ष वा सोभन्दा बढी अवधिका मुद्दति निक्षेपमा सो दरमा ब्याज दिँदै आएका हुन्।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।