नेप्से सूचक चार महिनापछि २००० विन्दुमाथि पुग्यो

Dec 29, 2022 03:33 PM Merolagani



शेयर बजार मापक नेप्से सूचक चार महिनापछि २००० विन्दुमाथि पुगेको छ। बिहीबार नेप्से सूचक ५६ अंकले बढेर २०० विन्दु माथि पुगेको हो।

यसअघि गत भदौ १० गते नेप्से सूचक २०२२.६२ विन्दुमा थियो। त्यसपछि बिहीबार मात्र नेप्से सो विन्दुभन्दा माथि पुगेको हो।

बिहीबार नेप्से सूचक ५६.८८ अंकले बढेर २०२९.०३ विन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि सामान्य बढेको छ।

यस दिन २ अर्ब ८६ करोड ३ लाख ४५ हजार ७८१ रुपैयाँ बराबरको ८० लाख २४ हजार ५५९ कित्ता शेयर कारोबार भएको छ।

यस दिन १० कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ। हिमालयन उर्जा सानिमा लाइफ र सृजनशिल लघुवित्तको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

यस दिन नेश्डो लघुवित्तको शेयरमूल्य १.०४ प्रतिशतले घटेको छ भने इस्टर्न हाइड्रोपावरको ०.८२ प्रतिशत र उपकार लघुवित्तको ०.४७ प्रतिशतले घटेको छ।

बिहीबार हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १२ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नेपाल दुरसञ्चार कम्पनीको १० करोड ९२ लाख, रिडि हाइड्रोपावरको १० करोड १४ लाख र एनआइसि एशियाको ९ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

यस दिन फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ५.३८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको ४.९२ प्रतिशत र निर्जीवन बीमा उपसमूहको सूचक ४.३९ प्रतिशतले बढेको छ।

पछिल्ले समय नयाँ सरकार गठनसँग एमालेका नेता विष्णु पौडेलले अर्थमन्त्रालयको कार्यभार सम्हालेका छन्। उनले अर्थमन्त्रालयको कार्यभार सम्हालेसँगै बजारले सकारात्मक गति समाउन थालेको हो।




comments powered by Disqus

एकाएक हाफ सेन्चुरी मार्नुको कारण यस्तो, कुल कारोबार रकमको ५० % जलविद्युतमा खन्याइँदै

Jan 06, 2025 06:06 PM

सोमबार शेयर बजारले हाफ सेन्चुरीको फड्को मार्‍यो। केही दिनदेखि सुस्ताउँदै आएको बजारमा ४९.१२ अंकको वृद्धि हुँदा सूचक २६४०.६८ अंकमा उक्लियो।