प्रभुसँग मर्जर तोड्ने वितिकै अजोड र युनाइटेड बीच मर्जर सम्झौता

Jan 11, 2023 11:21 AM Merolagani



प्रभु इन्स्योरेन्स (PRIN) सँग मर्जर सम्झौता तोडेपछि अजोड इन्स्योरेन्स कम्पनीले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्बन्धी सम्झौता गरेको छ ।

सम्झौता पत्रमा युनाइटेड इन्स्योरेन्सका सञ्चालक रविन्द्र राज पन्त र अजोडका सञ्चालक चिरञ्जिवी द्ववाले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा युनाइटेडका अध्यक्ष रविभक्त श्रेष्ठ र अजोडका अध्यक्ष आजाद श्रेष्ठ समेत उपस्थित रहेको थियो ।

मर्जर पश्चात युनाइटेड र अजोड विच स्वाप रेसियो १००ः९० हुने प्रारम्भिक सहमति भएको छ । यस्तै मर्जर पछि बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स हुनेछ ।

गत असारको ३२ गते प्रभु इन्स्योरेन् र अजोड इन्स्योरेन्सका बीचमा एक आपसमा मर्जर जाने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।

प्रभु र अजोड इन्स्योरेन्स बीच स्वाप रेसियो, नाम र संचालकको बिषयमा सहमती हुन नसक्दा मर्जर तोडिएको स्रोतले जनाएको छ ।

प्रभु र अजोड इन्स्योरेन्सलाई मर्जर प्रक्रिया अन्त्य गर्न नियामक निकाय बीमा प्राधिकरणले सहमति दिए पश्चात अजोडले युनाइटेडसँग मर्जर सम्झौता गरेको हो ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।