दोस्रो बजारमा नबिल बैंकलाई जितेको एनआईसी एशिया नाफामा अगाडि कि पछाडि?

Jan 21, 2023 06:29 AM Merolagani



धितोपत्रको दोस्रो बजारमा नबिल बैंकलाई उछिनेर वाणिज्य बैंकहरुमध्ये सबैभन्दा महँगो शेयर बनेको एनआईसी एशिया बैंक (NICA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।

विवरण अनुसार बैंकले सो अवधिसम्ममा ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो विन्दुगत आधारमा ३६ प्रतिशतको वृद्धि हो। धितोपत्रको दोस्रो बजारमा शेयरमूल्य अधिक भएपनि बैंकको खुद नाफा भने नबिलको भन्दा कम रहेको छ। सो अवधिसम्ममा नबिल बैंकले करिब साढे ३ अर्ब खुद नाफा कमाएको छ।

नाफामा नबिल बैंकले उछिनेपनि प्रतिशेयर आम्दानीका आधारमा भने एनआईसी एशिया नै अगाडि देखिएको छ। पुस मसान्तसम्ममा नबिल बैंकले प्रतिशेयर २५ रुपैयाँ ३३ पैसा कमाउँदा एनआईसी एशियाले प्रतिशेयर ५६ रुपैयाँ ७७ पैसा कमाएको छ।

सो अवधिसम्ममा बैंकको कुल बजार रकम २ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ भने निक्षेप ३ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।