इम्पेरमेन्ट चार्ज बढ्दा प्रोग्रेशिभ फाइनान्सको नाफा ऋणात्मक

Jan 23, 2023 08:26 AM Merolagani



प्रोग्रेशिभ फाइनान्स लिमिटेड (PROFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको नाफा ऋणात्मक रहेको छ।

पुस मसान्तसम्ममा फाइनान्सको खुद नाफा १ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण फाइनान्सको नाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६ करोड ३६ लाख रुपैयाँबाट बढेर १० करोड २१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी १० करोड ३ लाखबाट बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै ऋणात्मक भएको हो। सो अवधिसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

पुस मसान्तसम्ममा ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको रिटन्ड अर्निङ्ग २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडामा ८ करोड ६८ लाख रुपैयाँ रहेको छ।




अर्थ मन्त्रालयले भन्याे 'अर्थमन्त्री पौडेल आक्रमणमा पर्नु भएको होइन'

Sep 10, 2025 11:55 AM

अर्थ मन्त्रालयले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेकाे जनाएकाे छ । २०८२ साल भदौ २४ गते अर्थमन्त्री पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकाे बताएकाे छ ।