इम्पेरमेन्ट चार्ज बढ्दा प्रोग्रेशिभ फाइनान्सको नाफा ऋणात्मक

Jan 23, 2023 08:26 AM Merolagani



प्रोग्रेशिभ फाइनान्स लिमिटेड (PROFL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा फाइनान्सको नाफा ऋणात्मक रहेको छ।

पुस मसान्तसम्ममा फाइनान्सको खुद नाफा १ करोड ३० लाख रुपैयाँ ऋणात्मक रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले २ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण फाइनान्सको नाफा ऋणात्मक हुन पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ६ करोड ३६ लाख रुपैयाँबाट बढेर १० करोड २१ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, फाइनान्सको कुल सञ्चालन आम्दानी १० करोड ३ लाखबाट बढेर ११ करोड ७२ लाख रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा २६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ४ करोड ३० लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा दुबै ऋणात्मक भएको हो। सो अवधिसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

पुस मसान्तसम्ममा ८४ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको रिटन्ड अर्निङ्ग २ करोड ५४ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने जगेडामा ८ करोड ६८ लाख रुपैयाँ रहेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।