मिथिला लघुवित्तको आम्दानीसँगै घट्यो खुद नाफा

Jan 25, 2023 08:45 AM Merolagani



मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड (MLBBL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको आम्दानीसँगै नाफा पनि घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.२५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.२५ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी ९.७५ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा ३८.७३ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २५ रुपैयाँ ३२ पैसा घटेर २५ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४५.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ ८१ पैसा रहेको छ।

चुक्ता पूँजी २५ प्रतिशत बढाएर १७ करोड ४ लाख रुपैयाँ पुर्याएको यस लघुवित्तको जगेडा कोष ८.३० प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको सापटी १५.७० प्रतिशत, निक्षेप ३४.७३ प्रतिशत र कर्जा १९.६८ प्रतिशत बढेको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।