करिब १०० प्रतिशत घट्यो सेन्ट्रल फाइनान्सको नाफा

Jan 25, 2023 10:16 AM Merolagani



सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा करिब १०० प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.८६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा फाइनान्सको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४.६३ प्रतिशत घटेको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज २ करोड रुपैयाँबाट बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यससँगै सञ्चालन मुनाफा ९८.९४ प्रतिशत घटेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ८७ पैसा घटेर ८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ४३२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८ पैसा रहेको छ।

चुक्ता पूँजी ९४ करोड ८८ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोष ०.९६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको सापटी १.५६ प्रतिशत बढेको छ भने कर्जा २.०३ प्रतिशत घटेको छ।

 




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।