करिब १०० प्रतिशत घट्यो सेन्ट्रल फाइनान्सको नाफा

Jan 25, 2023 10:16 AM Merolagani



सेन्ट्रल फाइनान्स लिमिटेड (CFCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा फाइनान्सको नाफा करिब १०० प्रतिशत घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फाइनान्सले ३ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९८.८६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ३ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढ्दा फाइनान्सको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ५४.६३ प्रतिशत घटेको छ। फाइनान्सको इम्पेरमेन्ट चार्ज २ करोड रुपैयाँबाट बढेर ६ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यससँगै सञ्चालन मुनाफा ९८.९४ प्रतिशत घटेको छ।

नाफासँगै फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा फाइनान्सको यस्तो आम्दानी ७ रुपैयाँ ८७ पैसा घटेर ८ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ४३२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ८ पैसा रहेको छ।

चुक्ता पूँजी ९४ करोड ८८ लाख रुपैयाँ रहेको यस फाइनान्सको जगेडा कोष ०.९६ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको सापटी १.५६ प्रतिशत बढेको छ भने कर्जा २.०३ प्रतिशत घटेको छ।

 




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।