लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन

Jan 25, 2023 10:47 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस अघि इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर र सोमा लाग्न कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृतीका क्रममा प्राप्त निर्देशन बमोजिम सो लाभांश संशोधन गरिएको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।