लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन

Jan 25, 2023 10:47 AM Merolagani



लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड (LGIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६.९९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस अघि इन्स्योरेन्सले ७ प्रतिशत बोनस शेयर र सोमा लाग्न कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण स्वीकृतीका क्रममा प्राप्त निर्देशन बमोजिम सो लाभांश संशोधन गरिएको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।