गत सातामा सामान्य अंक बढेको नेप्से, यस साता के होला?

Jan 29, 2023 06:08 AM Merolagani



गत साता नेप्से परिसूचक सामान्य अंक बढेको छ। अघिल्लो साता २१७८.८१ विन्दुमा बन्द भएको नेप्से, गत साता ०.२० प्रतिशत अर्थात ४.४० अंक बढेर २१८३.२१ विन्दुमा पुगेको छ।

गत साता ४ कारोबार दिनका लागि खुलेको बजारमा, २ कारोबार दिन नेप्से उकालो लागेको थियो भने दुई कारोबार भएका ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २२२५ देखि २२९० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यसैगरी, नेप्से ओरालो लागेमा २०८० देखि २११५ को क्षेत्रमा टेवा पाउने देखिन्छ। नेप्से सूचक २०८० विन्दुभन्दा तल झरेमा भने लगानीकर्ताहरुले स्टप लसको रणनीति अपनाउन सक्नेछन्।

बुलिश ट्रेण्ड

प्राविधिक विश्लेषणको उपकरण सुपर ट्रेण्डमा नेप्से गत साता पनि बुलिश ट्रेण्डमा नै रहेको संकेत गर्दछ।

अन्योलमा लगानीकर्ता

साप्ताहिक रुपमा नेप्सेले गत साता डोजी प्याटर्न बनाएको छ। यसले लगानीकर्ताहरु अब बजार बढ्छ कि घट्छ भन्ने अन्योलमा रहेको संकेत गर्दछ।

कमजोर भोल्यूम

यस साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ३० करोडको शेयर खरिदबिक्री भएको छ। यो गत साताको तुलनामा १५.४१ प्रतिशत कम हो। गत साता बजार खुलेका ४ दिनमध्ये ३ दिन २० दिने औषतभन्दा कम कारोबार भएको छ भने एक दिनमात्र २० दिने औषत भोल्यूमभन्दा बढी कारोबार भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको दैनिक औषत भोल्यूम ३ अर्ब ८८ करोड रुपैयाँ रहेको छ।

बियरिश क्रशओभर

साताको अन्तिम कारोबार दिन नेप्सेको एमएसिडी रेखाले सिग्नल रेखालाई माथिबाट काटेर बियरिश क्रशओभर बनाएको छ। यस साता एमएसिडी रेखा, सिग्नल रेखाभन्दा तल गएमा आगामी दिनमा बजार घट्छ भन्ने संकेत गर्दछ। यद्यपि, एमएसिडी रेखा माथि आएमा भने बजार बढ्ने सम्भावना देखिन्छ। गत बिहीबार, नेप्सेको हिस्टोग्राम नकारात्मक क्षेत्र अर्थात शून्य रेखाभन्दा तल झरेको छ।

ओभरबट जोन

स्टकास्टिक आरएसआई अनुसार नेप्से गत साता पनि ओभरबट जोनमा नै रहेको छ। यसले बजारमा अझै पनि खरिदचाप बढी रहेको संकेत गर्दछ।

(यस समाचारमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो।)

(उपलब्ध तथ्यांकका आधारमा गरिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नुअघि थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।