हिमालयन उर्जाले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

Jan 29, 2023 10:41 AM Merolagani



हिमालयन उर्जा विकास कम्पनी लिमिटेड (HURJA) ले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने घाेषणा गरेकाे छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन घाेषणा गरेकाे हो।

माघ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ।

हकप्रद शेयर निष्काशनपश्चात प्राप्त हुने पूँजीमध्ये खर्च कटाइ बाँकी सबै रकम बैंकहरुबाट लिएको दीर्घकालिन ऋणको भुक्तानी गर्ने निर्णय पनि सो बैठकले गरेको छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।