खुद ब्याज आम्दानीसँगै घट्यो एनआईसी एशिया लघुवित्तको खुद नाफा

Jan 31, 2023 09:59 AM Merolagani



एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड (NICLBSL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले १४ करोड ९२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६१.८५ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३९ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी, खुद फि तथा कमिशन आम्दानी लगायतका आम्दानी घटेसँगै लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३४.८६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ६९.३६ प्रतिशत घटेको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ४०.६७ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा ६१.८९ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २७ रुपैयाँ ७० पैसा घटेर १७ रुपैयाँ १७ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४७.६४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ५२ पैसा रहेको छ।

पछिल्लो ६ महिनामा चुक्ता पूँजी स्थिर रहेको यस लघुवित्तको जगेडा कोष १०.५७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निक्षेप तथा सापटी ५.७४ प्रतिशत घटेको छ भने कर्जा ३.२५ प्रतिशत घटेको छ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।