सिद्धार्थ इन्स्योरेन्सको खुद नाफा सामान्य बढ्यो, अन्य सूचक कस्तो?

Feb 06, 2023 12:15 PM Merolagani



सिद्धार्थ इन्स्योरेन्स (SIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १४ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ४.४० प्रतिशतले मात्रै बढी हो ।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद बीमाशुल्क पनि २४.५२ प्रतिशतले बढेर ७५ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६० करोड ३४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै कम्पनीले पुनर्बीमा पावत १४ करोड ८८ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ६ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी १ अर्ब ४० करोड ८० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २८ करोड १४ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब २५ करोड ७९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १० करोड १९ लाख रुपैयाँ सञ्चित छ ।

यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९९ पैसा, प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ९१ पैसा र मूल्य आम्दानी अनुपात ३०.८७ गुणा रहेको छ ।

कम्पनीले यस अवधिमा ७३ हजार ७६० वटा बीमालेख जारी गरी १ अर्ब ४० करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।