कर्जाको औसत ब्याजदर नै १२.७९ प्रतिशत पुग्यो, आधार दर बढ्दा महँगियो कर्जा

Feb 06, 2023 04:29 PM Merolagani



पुस महिनासम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर नै १२.७९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको मासिक तथ्याँक अनुसार कर्जाको ब्याजदर बढ्दै गएको देखिन्छ।

गत आर्थिक वर्षको पुसम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर ९.४४ प्रतिशत थियो।

बैंकहरुको लागत बढ्दा उनीहरुको आधार दर बढेको छ जसले गर्दा कर्जाको ब्याजदर बढ्दै गएको हो। २०७८ पुसमा वाणिज्य बैंकहरुको औसत आधारदर ८.४२ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.९१ प्रतिशत कायम भएको छ । यसरी आधार दर बढ्दै जाँदा उनीहरुको कर्जा महँगिएको हो।

२०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ रहेको छ। गत वर्षको सोहि अवधिमा यस्तो ब्याजदर ६.३७ प्रतिशत थियो।

माघदेखि भने बैंकहरुले निक्षेपको ब्याजदर घटाएकोले आगामी त्रैमासदेखि कर्जाको ब्याजदर पनि घट्ने छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।