कर्जाको औसत ब्याजदर नै १२.७९ प्रतिशत पुग्यो, आधार दर बढ्दा महँगियो कर्जा

Feb 06, 2023 04:29 PM Merolagani



पुस महिनासम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर नै १२.७९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको मासिक तथ्याँक अनुसार कर्जाको ब्याजदर बढ्दै गएको देखिन्छ।

गत आर्थिक वर्षको पुसम्ममा बैंकहरुको कर्जाको औसत ब्याजदर ९.४४ प्रतिशत थियो।

बैंकहरुको लागत बढ्दा उनीहरुको आधार दर बढेको छ जसले गर्दा कर्जाको ब्याजदर बढ्दै गएको हो। २०७८ पुसमा वाणिज्य बैंकहरुको औसत आधारदर ८.४२ प्रतिशत रहेकोमा २०७९ पुसमा १०.९१ प्रतिशत कायम भएको छ । यसरी आधार दर बढ्दै जाँदा उनीहरुको कर्जा महँगिएको हो।

२०७९ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.५१ रहेको छ। गत वर्षको सोहि अवधिमा यस्तो ब्याजदर ६.३७ प्रतिशत थियो।

माघदेखि भने बैंकहरुले निक्षेपको ब्याजदर घटाएकोले आगामी त्रैमासदेखि कर्जाको ब्याजदर पनि घट्ने छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।