बैंकहरुकाे ब्याजदर बढेका कारण बुटवल पावरलाई फाइदा

Feb 08, 2023 05:33 AM Merolagani



बैंक तथा वित्तीय संस्थाहरुकाे ब्याजदर बढेका कारण बुटवल पावर कम्पनी (BPCL) लाई फाइदा भएको छ। मुद्दति निक्षेपमा बढेको ब्याजदरका कारण चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको वित्तीय आम्दानी बढ्न गई खुद नाफा बढ्न टेवा पुगेको छ।

कम्पनीले प्रकाशित गरेको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको वित्तीय आम्दानी १५.४९ प्रतिशत बढेको छ। बैंकहरुको मुद्दति निक्षेपमा ब्याजदर बढेका कारण यस्तो आम्दानी बढ्न पुगेको कम्पनीले विवरणमा उल्लेख गरेको छ।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ४ करोड ९६ लाख रुपैयाँ रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर ५ करोड ७३ लाख रुपैयाँ पुगेको छ। जसका कारण कम्पनीको विद्युत बिक्री आम्दानी सामान्य मात्र बढेपनि खुद नाफा भने तुलनात्मक रुपमा बढी बढेको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी २ प्रतिशत बढेर ४३ करोड १५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको खुद नाफा भने २६.०३ प्रतिशत बढेर २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ १८ पैसाबाट बढेर १३ रुपैयाँ ४२ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २४.७३ गुणा रहेको छ। ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको ३ अर्ब ५६ करोड रुपैयाँ अन्य इक्विटी रहेको छ।




गंगा दाहालको घरमा फेला परेकाे शव कसकाे हाे ?

Sep 10, 2025 01:42 PM

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ। तर शव कसकाे हाे सनाखत हुन नसकेकाे प्रहरीकाे भनाइ छ ।