खर्च बढेपछि सपोर्ट लघुवित्तको नाफामा दबाब

Feb 08, 2023 08:15 AM Merolagani



सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा लघुवित्तले २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७४.८६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९९ लाख ७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी घटेको र खर्च बढेका कारण लघुवित्तको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४.८१ प्रतिशत घटेको छ भने अन्य सञ्चालन आम्दानी १३.२४ प्रतिशत घटको छ। त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी १४.४० प्रतिशत घटेको छ सञ्चालन मुनाफा ७८.५८ प्रतिशत घटेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १७ रुपैयाँ २९ पैसा घटेर ५ रुपैयाँ ८१ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २३८.९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ८३ पैसा रहेको छ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ३२.८६ प्रतिशत बढेको छ। त्यस्तै, लघुवित्तको सापटी १०.५३ प्रतिशत बढेको छ भने निक्षेप २३.३२ प्रतिशत र कर्जा १७.५२ प्रतिशत बढेको छ।




सपथ नलिदै ‘बालेन सरकार’ विरुद्ध सरकारी हाकिमहरु सडकमा

Mar 26, 2026 01:51 PM

फागुन २१ को निर्वाचनमा प्रचण्ड बहुमत जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सुक्रबार नयाँ सरकार गठन हुने तयारी भइरहेको छ ।