नाफासँगै बढ्याे युनिलिभर नेपालको ईपीएस

Feb 12, 2023 05:29 AM Merolagani



युनिलिभर नेपाल लिमिटेड (UNL) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३१ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

 

कम्पनीको आम्दानी बढेसँगै खुद नाफा पनि बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३१.८५ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३९.८८ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी ३२ प्रतिशत बढेको छ भने कुल खर्च २०.९९ प्रतिशत बढेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६७६ रुपैयाँ २२ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर १ हजार १९९ रुपैयाँ ७८ पैसा पुगेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ३ हजार ७२२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५.१२ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ३ अर्ब ३३ करोड ४५ लाख रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

महुली लघुवित्तको एफपीओ बाँडफाँट

Jan 03, 2025 10:54 AM

पुस १९ गते, शुक्रबार महुली लघुवित्त वित्तीय संस्था लिमिटेड (MSLB) को एफपीओ बाँडफाँट भएको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँट भएको हो।