आम्दानी घटेपछि सोनापुर मिनरल्स नोक्सानीमा

Feb 12, 2024 07:34 AM Merolagani



सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड (SONA) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १४ करोड ७८ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी घटेसँगै कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

समीक्षा अवधिमा कम्पनीको आम्दानी ५९.२१ प्रतिशत घटेको छ भने कुल नाफा ७७.०८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्म २५ करोड ७३ लाख रुपैयाँ धनात्मक रहेको कम्पनीको सञ्चालन मुनाफा, चालु आर्थिक वर्षमा १ करोड १४ लाख रुपैयाँ ऋणात्मक भएको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ३६.७९ प्रतिशत घटेको छ।

पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ।

३ अर्ब ७ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ३० करोड ५७ लाख रुपैयाँ सञ्चित छ।




बाबु आमा माथि आक्रमण भएर घर खरानी हुँदा कहाँ थिए शेरबहादुर-आरजुका छोरा बुहारी ?

Sep 18, 2025 12:43 PM

गत साता भएको जेनजी आक्रमणको प्रमुख निसानामा परे कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा तत्कालिन परराष्ट्र मन्त्री डा.आरजु राणा ।