खर्च बढ्दा चिलिमेको नाफा दबाब

Feb 12, 2023 08:31 AM Merolagani

चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेपनि खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

कम्पनीको अगुवाईमा स्थापना भएका जलविद्युत कम्पनीहरुमाफृत प्रबद्र्धित कुल २७०.३ मेगावाट क्षमताका ४ जलविद्यूत आयोजनाहरु निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.७९ प्रतिशत घटेको छ। त्यसैगरी कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ७.८६ प्रतिशत बढेको छ। बैंक मौज्दात बढेको र ब्याजदर पनि बढेका कारण कम्पनीको यस्तो आम्दानी बढ्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ रुपैयाँ ८९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० रुपैयाँ ८५ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३२ गुणा रहेको छ।

७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ४० लाख रुपैयाँ रहेको छ।

comments powered by Disqus

टप ब्रोकरको रोजाईमा कुन कम्पनी ?

Jul 18, 2024 06:13 AM

शेयर बजार बढेसँगै पछिल्लो समय कारोबार रकममा समेत उछाल आउन थालेको छ । बुधबार नेप्से परिसुचक ५४.०४ अंकले बढेर २३ सय ६४ दशमलब ६३ विन्दुमा पुग्दा १२ अर्ब ५ करोड रुपैयाँको शेयर कारोबार भएको छ जुन ३५ महिना यताकै उच्च हो भने नेप्से परिसुचक समेत २६ महिना यताकै उच्च विन्दु हो ।