वित्तीय खर्च बढ्दा बाराही हाइड्रोपावरको खुद नाफा ऋणात्मक

Feb 13, 2023 08:39 AM Merolagani



बाराही हाइड्रोपावर पब्लिक लिमिटेड (BHPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा कम्पनीको खुद नाफा ऋणात्मक रहेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा ५९ लाख ११ हजार रुपैयाँ ऋणात्मक रहेको छ। सो अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत २ करोड ८३ हजार रुपैयाँ आम्दानी गरेको छ। त्यसैगरी, कम्पनीको अन्य आम्दानी ४८ हजार रुपैयाँ रहेको छ। कम्पनीको सञ्चालन नाफा ८४ लाख ५८ हजार रुपैयाँ रहेको छ। यद्यपि वित्तीय खर्च १ करोड ४० लाख २६ हजार रुपैयाँ रहेकोले कम्पनीको खुद नाफा ऋणात्मक हुन पुगेको हो।

पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४५ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६३ रुपैयाँ ५७ पैसा रहेको छ।

२५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष ९ करोड १० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




भविष्यको प्रेडिक्सनमा रमाउने शेयर बजार वर्तमानसँग आत्तियो, बुँदा नम्बर ४५ मा केछ?

Mar 29, 2026 05:49 PM

नेपालको राजनीति र शेयर बजार सधैँ एउटै सिक्काका दुई वटा पाटा जस्तै रहेका छन्। राजनीतिमा सानो हलचल हुँदा पनि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारको ग्राफमा देखिने गर्दछ।