उनीहरूको यति बेला आत्महत्या गर्ने स्थिति छ। किनकि बैंकहरुले वर्षमा एकपटक नवीकरण शुल्क लिनु पर्ने ठाउँमा पाँच पटकसम्म नवीकरण शुल्क लिएको अवस्था छ। बैंकहरुले धेरै पटक नवीकरण शुल्क उठाएर व्यवसाय नै धरापमा परिदिएका छन्।

यति बेला बैंकहरुले दिने ऋणमा प्रिमियम शुल्क अचाक्ली बढाएका छन्। प्रिमियमसँगै ब्याजदर समेत बढाएका छन्। बढेको ब्याजदरको कारण उद्यमीहरू धेरै नै अप्ठ्यारो अवस्थामा छन्। किनकि बढेको ब्याजदरले उद्यमीलाई मात्रै समस्या परेको छैन। सर्वसाधारण पनि अप्ठ्यारो अवस्थामा छन्। आठ प्रतिशतका दरले लिएको ऋणको व्याज १७ प्रतिशत पुग्दा कसैलाई पनि सहज हुने स्थिति होइन। उद्यमीहरूले उत्पादन गरेको बस्तुको माग ५० प्रतिशत भन्दा बढीले घटेको छ। सर्वसाधारणको क्रय शक्ति कमजोर भएको कारणले नै उत्पादन बिक्री हुन नसकेको हो। बढेको ब्याजदरकै कारण क्रय शक्ति कमजोर भएको हो। एकातर्फ उत्पादन बिक्री नहुने, अर्कोतर्फ बढेको ब्याजदरका कारण लागत बढ्दै जाँदा उद्यमी दोहोरो मर्कामा परेका छन्। उद्यमीहरू थलिँदै जाँदा बैंकहरुले प्रकाशित गर्ने व्यालेन्ससीटहरू भने नाफामा गएको देखिन्छ।
ब्याजदर घट्नु पर्ने ठाउँमा बढ्दै गएपछि हामी चुप लागेर बस्न सकेनौ। बढेको बैंक ब्याजदरको विषयमा सबैभन्दा पहिले मोरङ व्यापार संघले नै आवाज उठाउने निर्णय गर्यो। हामीले नेपाल राष्ट्र बैंक विराटनगर शाखा अगाडि सात दिनसम्म धर्ना दियौ। कुनै काम कारवाही हुन दिएनौ। हामीले त्यसो गरेपछि प्रधानमन्त्री र अर्थमन्त्रीले बोलाउनु भयो। छलफल भयो। उहाँहरुले ब्याजदरको विषयमा उठेको विषय सम्बोधन गर्छौ भन्नु भयो। तर अहिलेसम्म त्यस विषयमा कुरै उठेन। हामीलाई झुक्क्याइयो।
यता हामी उद्यमी व्यवसायी, जिल्ला नगर वाणिज्य संघका साथीहरूको मागलाई नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वले पनि सम्बोधन नगरिदिएको कारणले गर्दा जिल्ला नगरबाट आफै, आफ्ना मागहरू राख्नुपर्छ भन्ने बाध्यता भएर मोरङ व्यापार संघले देशभरिका जिल्ला नगरसँग समन्वय गरेर यो आन्दोलनको घोषणा गरी सबैलाई काठमाडौँ बोलायौ। त्यसपछि यो आन्दोलनको सुरुवात गरिएको हो।
यति बेला हामीसँग ७० भन्दा बढी जिल्ला नगरका साथीहरू हुनुहुन्छ। यो आन्दोलनको समाप्ति कहिले हुन्छ भन्ने स्थिति छैन। जबसम्म हाम्रो मागहरू सम्बोधन हुँदैन तबसम्म हाम्रो आन्दोलन रोकिँदैन। अब हामी नियमित रूपमै राष्ट्र बैंक अगाडि धर्ना दिन्छौ।
नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जा निर्देशिकामा जुन कठोर नीति लियो। त्यो अहिलेको अवस्थामा जायज छैन। त्यो आजको आवश्यकता नै होइन। त्यसलाई जति जति निरन्तरता दिइँदै जान्छ। त्यति त्यति उद्यमीहरू धराशायी बन्दै जान्छन् भन्ने लगायतका केही मागहरू लिएर हामी सडकमा छौ। स्प्रेड दर दुई प्रतिशत भन्दा बढी हुन नहुने अर्को माग छ। कुनै पनि हालतमा ब्याजदर एकल अंक कायम हुनु पर्छ।
वर्षमा एक पटक कर्जा लिएको ऋणीले सबै ऋण चुक्ता गर्नु पर्छ भनेर चालु पूँजी निर्देशिकामा भनिएको छ। जुन असम्भव छ। त्यस विषयमा हामीले पनि आफ्ना कुरा राखेका थियौ। बैंकले निक्षेपकर्ता र राष्ट्र बैंकबाट लिएको सबै पैसा फिर्ता गर्न असम्भव छ। त्यसैगरि हामीले पनि सबै पैसा फिर्ता गर्न सम्भव हुँदैन। यदि उनीहरूले फिर्ता गर्न सक्छन् भने हामी पनि फिर्ता गर्न तयार छौ। यी यस्ता मागहरू लिएर हामी सडकमा आएका हौ।
आजको दिनमा देशको अर्थतन्त्र अत्यन्तै धराशायी अवस्थामा पुगेको छ। हामीले अहिलेसम्म यस्तो अवस्थाको सामना गरेका थिएनौ। मुलुकमा लोकतन्त्र,गणतन्त्र, बहुमतको सरकार हुँदा समेत आम व्यवसायीले आत्महत्या गर्ने सम्मको स्थिति सिर्जना भयो। नेपाल राष्ट्र बैंकले जुन कठोर नीति लिएर अघि बढिरहेको छ। उद्यमी व्यवसायीलाई जुन शोषण गर्ने नीति लिएको छ। बैंकहरुले पनि व्यवसायीको ढाडै भाँच्ने गरी प्रिमियम असुलेर जुन मुनाफाखेरि नीति लिएका छन्। त्यसको विरोध गर्दै, राज्यलाई घचघच्याउन,राज्यसम्म हाम्रा कुरा पुर्याउन नै हामी सडकमा उत्रिन बाध्य भएका हौ।
आन्दोलन नै गर्नु पर्ने स्थितिमा आइपुगेका हौ।