नेप्से घेर्न जादाँ पक्राउ परेका लगानीकर्ता रिहा

Mar 17, 2023 06:14 PM Merolagani



पूँजी बजार सुधारका लागि दबाव सिर्जना गर्न नेप्से घेर्न जादाँ पक्राउ परेका लगानीकर्ताहरु रिहा भएका छन् ।

प्रहरीले तिलक कोइराला,नयन बास्तोला,अर्जुन प्रसाद कोइराला सहितका लगानीकर्तालाई दिउँसो नियन्त्रणमा लिएको थियो । उनीहरुलाई प्रहरीले साँझ नेप्सेमै ल्याएर छोडी दिएकाे हाे ।

सरकारले पूँजी बजारसँग सम्बन्धित ५८ बुँदे माग पुरा नगरेको भन्दै लगानीकर्ताहरु नेप्से घेर्न पुगेका थिए । रिहाइ भएका लगानीकर्ता तिलक काेइरालाले नेप्से घेराउ आइतवार पनि जारी रहने बताए ।

 




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।