नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुको लागि २०७९ चैत भित्र ५०० करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिए पछि प्रभु र महालक्ष्मी लाईफ मर्जरको लागि सहमत भएका थिए । २०७९ असार ३० गते मर्जर सम्झौता गरेका दुबै कम्पनीको भारतिय विमांङ्कीबाट मुल्याङ्कन प्रतिवेदन आउन ढिलो भए पछि एकिकृत कारोबार केही ढिलो हुन गएको कम्पनीले बताएकाे छ ।
मर्जरको लागि आन्तरिक गृहकार्य अन्तिम चरणमा रहेका दुबै कम्पनीको २०८० सालको क्यालेन्डर संयुक्त रुपमा निकाली केही ढिलो भए पनि मर्जर सम्पन्न हुने विश्वास कम्पनीकाे छ । क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेल, निर्देशक दिनेश लाल कर्ण, महालक्ष्मी लाईफका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराई र प्रभु लाईफका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईको पनि उपस्थिति रहेको थियो ।
![](https://images.merolagani.com/Uploads/Repository/638156114565719648.jpg)