बुधबार काठमाण्डौको र्याडिसन होटलमा आयोजित लगानीकर्ता अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
हमालले नेपालमा १०० वटा ब्रोकर आवश्यक रहेको बताएका छन्। एकै खालका ब्रोकर नभई फरक किसिमका १०० वटा ब्रोकर चाहिने बताएका हुन्। "नेपालमा १०० वटा ब्रोकर चाहीन्छ तर सबै ब्रोकर एकै किसिमका हुनु हुँदैन" उनले भने।
उनले अदालतले ब्रोकर लाइसेन्सको फैसला नगर्दा सात महिनादेखि पूँजी फ्रिज भएको बताएका छन्। "सात महिनादेखि यति धेरै पूँजी फ्रिज भएको छ। यसको जिम्मेवारी कसले लिन्छ" हमालले भने।