“अवसर इक्विटी” नेपालको पहिलो प्राईभेट इक्वीटी फण्ड

Apr 03, 2023 12:25 PM Merolagani



अवसर इक्विटी लिमिटेडले फागुन १५ गते देखि चैत १५ गतेसम्म निष्काशन गरेकाे ४ अर्व ५० करोड भन्दा बढीका इकाईहरुको विक्री भएपछि कोष निष्काशन बन्द गरिएको छ ।

बजारको हालको चुनौतीपूर्ण अवस्थामा समेत कोषमा लगानी गर्नका लागि कोषले अत्याधिक विश्वास प्राप्त गरेको छ ।

यसरी नेपालमा दर्ता भई संचालनमा आउने यस पहिलो कोषले निष्काशन तथा बिक्रीमा सफलता पाउनुलाई नेपालको प्राईभेट इक्विटी तथा भेन्चर क्यापिटल व्यवसायको इतिहासमा एउटा महत्वपूर्ण कोशे ढुङ्गाको रुपमा कम्पनीले लिएकाे छ । यसै अवसरमा कोषले व्यापार बृद्धिका रणनीतिहरू कार्यान्वयन गर्न सक्ने क्षमता भएका तर स्रोत साधनको अभाव भएका नेपाली उद्योग व्यवसायमा लगानी गरी त्यस्ता क्षेत्रहरुको विकास र विस्तारमा सघाउ पु-र्याई एकातर्फ देशको आर्थिक विकासमा योगदान गर्ने र अर्को तर्फ विश्वास गरी कोषमा लगानी गर्ने लगानीकर्ताहरुलाई उचित प्रतिफल समेत प्रदान गर्ने गरी लगानी व्यवस्थापन गर्न कोष व्यवस्थापकले हरसम्भव प्रयास गर्ने कुराको प्रतिवद्धता समेत व्यक्त गरेकाे छ । लगानीकालागि कोष व्यवस्थापकको इमेल ठेगाना rm@avasarequity.com मार्फत सम्पर्कका लागि अनुरोध गरेकाे छ ।

अवसर इक्विटी लिमिटेड सिद्धार्थ बैंक, कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंक गरी चारवटा वाणिज्य बैंक, उच्च नेट–वर्थ भएका नेपालका प्रतिष्ठित व्यक्ति तथा नेपालको वित्तिय क्षेत्रका व्यवसायीक व्यक्तिहरुले प्रवर्धन गरी नेपाल धितोपत्र बोर्डबाट विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ बमोजिम कोष व्यवस्थापकको अनुमतिपत्र प्राप्त संस्था हो । यसको उद्देश्य असाधारण नेपाली उद्यमीहरूको पहिचान गरी त्यस्ता उद्योगको विकास र विस्तारका लागि स्वपुंजी प्रदान गर्ने र उनिहरूका नवीन र दूरदर्शी व्यापार विचारहरूलाई वास्तविकतामा परिणत गर्ने रहेको छ । संस्थाले निजी कोषहरुलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने र उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने लक्ष्य राखेको छ ।




comments powered by Disqus

हिमालयन लाइफ इन्स्योरेन्सको बोनस घोषणा

Jan 19, 2025 10:49 AM

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।