२६ प्रतिशत बढ्यो नागरिक लगानी कोषको नाफा

May 01, 2023 09:00 AM Merolagani



नागरिक लगानी कोष (CIT) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ७७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.१५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६१ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ब्याज आम्दानी बढेसँगै कम्पनीको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको ब्याज आम्दानी १९६.७७ प्रतिशत बढेर ३० करोड ५० लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १ अर्ब ३ करोड ७ लाख रुपैयाँबाट बढेर १ अर्ब २५ कराेड ६९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा कम्पनीको कुल खर्च भने ५.३६ प्रतिशत मात्र बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७४ पैसा घटेर २४ रुपैयाँ ४० पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०१ रुपैयाँ ८७ पैसा रहेको छ।

४ अर्ब २५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १६ अर्ब ८२ करोड रुपैयाँ सञ्चित छ।




comments powered by Disqus

बजार घटेपछि सांसद देखि लगानीकर्ताले भेटे अर्थमन्त्री, ७ सुझाव दिँदै भने-अवैज्ञानिक पूँजीकरण गणनाले बजार घटायाे

Sep 01, 2024 05:14 PM

अवैज्ञानिक पूँजीकरण गणनाले बजारमा गलत सन्देश प्रवाह गरेको भन्दै अर्थमन्त्रीको ध्यानकषर्ण गराइएको छ । आईतबार प्रतिनिधि सभाका सांसद हरि ढकाललगायत ब्रोकर, मर्चेन्ट क्यापिटल र लगानीकर्ताको प्रतिनिधिले अर्थमन्त्रीलाई ७ बुँदे सुझाव बुझाउँदै ध्यान आकर्षण गराएका हुन ।