हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

May 09, 2023 08:18 AM Merolagani



बैशाख २६ गते मंगलबार, हिमाल दोलखा हाइड्रोपावर (HDHPC) को हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ भोली अर्थात बैशाख २७ गते बुक क्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत अर्थात हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७.५ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ। हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।