यस कारण एनआरएन इन्फ्रास्ट्रक्चर नोक्सानीमा

May 09, 2023 11:27 AM Merolagani



एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनी सो अवधिसम्ममा नोक्सानीमा रहेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनी ६७ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

वित्तीय आम्दानी घटेको र वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन ऋणात्मक रहेका कारण कम्पनीले नोक्सानी व्यहोर्नु परेको हो।

समीक्षा अवधिमा कम्पनीको लगानी आम्दानी ४४७.३८ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी १९.९० प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ करोड ५७ लाख रुपैयाँ धनात्मक रहेको वित्तीय सम्पत्तीको फेर भ्यालु परिवर्तन ३ करोड २७ लाख रुपैयाँ ऋणात्मक भएको छ।

सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १३६ रुपयाँ ३५ पैसा रहेको छ।

कम्पनीले हिमालयन पावर पार्टनरमा ३४ करोड २७ लाख रुपैयाँ लगानी गरेको छ। त्यसैगरी, कम्पनीले श्वेत गंगा हाइड्रोपावर, सानिमा मिडिल तमोर हाइड्रोपावर, माथिल्लो मैलुङ्ग खोला जलविद्युत, संयुक्त उर्जा प्रा.लि., कुमारी बैंकको संस्थापक शेयर, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयर, नेपाल लाइफ इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर, नेरुडे लघुवित्तको संस्थापक शेयर हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टेमेन्ट, एण्ड डेभलपमेन्ट कम्पनी र नेशनल फण्ड म्यानेजमेन्टमा पनि लगानी गरेको छ।