२० लाख रुपैयाँ र ११ जनाबाट सुरु भएको एसर यसरी बन्यो विश्वप्रसिद्ध

May 10, 2023 06:38 PM Merolagani

एसर संसारको अग्रणी आईटी कम्पनीहरू मध्ये एक हो जसले घरदेखि कार्यालयसम्म आफ्नो पहुँच बनाएको छ। यो ताइवानी आईटी कम्पनीले ल्यापटप– ट्याबलेटदेखि मनिटर, क्रोमबुक, प्रोजेक्ट, स्मार्ट उपकरणहरू र सहायक उपकरणहरू बनाउने काम गर्दछ।

यसको व्यापार भारत, अष्ट्रेलिया र युरोप लगायत विश्वका १६० देशमा फैलिएको छ। सेप्टेम्बर २०२२ को रिपोर्ट अनुसार, एसर, पर्सनल कम्प्युटर बिक्री गर्ने विश्वको पाँचौं ठूलो कम्पनीको रूपमा स्थापित भएको छ।

एसरको नाममा १ हजार ३५० पेटेन्ट र २११ ट्रेडमार्क दर्ता छन्। यो ताइवानी आईटी कम्पनी कसरी विश्वको सबैभन्दा सफल आईटी कम्पनीहरू मध्ये एक बन्यो ? जानौँ।

५ जना मिलेर कम्पनीको स्थापना

ताइवानको सिन्चु शहरमा बस्ने स्टान शिह, उनकी श्रीमती क्यारोलिन ये र पाँच जनाले मिलेर सन् १९७६ मा एसर कम्पनी स्थापना गरेका थिए। पहिले यसको नाम मल्टिटेक थियो, यो कम्पनी ११ जना कर्मचारी र २० लाखको लागतमा सुरु भएको हो । कम्पनीले प्रारम्भिक चरणमा विद्युतीय पार्टपुर्जा वितरण गर्ने काम गरेको थियो। यस बाहेक एसरले माइक्रोप्रोसेसर टेक्नोलोजिमा परामर्शदाताको रूपमा पनि काम गरेको थियो।

तर, सन् १९८७ मा कम्पनीलाई एसरको नाम दिइयो र सन् १९९८ मा कम्पनीले उत्पादनको विविधताअनुसार पाँचवटा नयाँ समूह बनायो। यसमा अन्तर्राष्ट्रिय सेवा समूह, सूचना उत्पादन समूह, परिधीय समूह र सेमीकन्डक्टर समूह समावेश थियो।

यसरी कम्पनीले विभिन्न विधासँग सम्बन्धित सेवा तथा उत्पादनहरु बजारमा ल्यायो। २००१ मा, एसरले प्रडक्टको डिजाइन र बिक्रीमा केन्द्रित गर्यो। २००७ मा प्याकार्ड बेल खरिद गरे र युरोप तथा अमेरिकामा नोटबुक बिक्री गर्ने दोस्रो ठूलो कम्पनी बन्यो।

पहिलो ठूलो घाटा

कम्पनीले २०१९ मा प्लेनेट ९ नामक ई–स्पोर्ट्स सामाजिक प्लेटफर्मको घोषणा गर्यो। यस प्लेटफर्मको लक्ष्य प्रयोगकर्तालाई गेम एनालिटिक्स प्रदान गरेर सामाजिक अनुभव बढाउनु थियो। एसरले अहिलेसम्मको आफ्नो यात्रामा धेरै चुनौतीहरूको सामना गरेको छ। कम्पनीले १९८० को दशकमा धेरै वित्तीय चुनौतीहरूको सामना गर्नु पर्यो। त्यसपछि कच्चा पदार्थको मूल्य धेरै पटक बढ्दा बिक्रीमा असर परेको थियो।

कम्पनीको पहिलो ठूलो घाटा सन् २००० को मध्यमा भएको थियो। उत्तर अमेरिकी बजारमा कम्पनीको आईपीओको प्राइस भ्यालुमा ५० प्रतिशतले गिरावट आएको थियो। त्यसपछिको १८ वर्षमा कम्पनीमा १४ वटा विभिन्न लगानीहरू भए। एसरले ६ कम्पनीहरु खरिद गर्यो। यसमा काउन्टरपोइन्ट कम्प्युटर्स, अल्टोस कम्प्युटर कर्पोरेशन, प्याकार्ड बेल र ईटन समावेश छन्।

एसरले वर्षैपिच्छे कमाईमा कीर्तिमान बनाउन सफल भएको छ। सन् २०२१ मा एसरले ३७ अर्ब डलर खुद नाफा कमाएको थियो। समयको साथ उत्पादनहरूमा नयाँ इनोभेसनहरु गरे। एसर अहिले बजारमा स्पिन सिरिजका ल्यापटप, गेमिङ मोनिटर, क्रोमबुक, अल्ट्राथिन ल्यापटप, गेमिङ ल्यापटप–डेस्कटप र होलो ३६० क्यामेराका लागि प्रसिद्ध छ। नवप्रवर्तनको क्षेत्रमा निरन्तर काम गर्दै नयाँ र उत्कृष्ट उत्पादनहरू प्रयोगकर्तालाई पुर्याउने प्रयास गरिरहेको कम्पनीको दाबी छ।

(अनुवादित)

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।