ब्याजदर बढेपछि एचआईडिसीएललाई फाइदा, नाफासँगै बढ्यो ईपीएस

May 11, 2023 07:14 AM Merolagani

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (HIDCL) ले अर्थात एचआईडिसीएलले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५.१६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६९ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर बढेपछि कम्पनीको वित्तीय आम्दानी बढेका कारण खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सम्झौता आम्दानी २५७.३३ प्रतिशत बढेको छ भने वित्तीय आम्दानी ४४.७० प्रतिशत बढेको छ। कम्पनीको लाभांश आम्दानी भने समीक्षा अवधिमा ५.५७ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ २४ पैसा बढेर ६ रुपैयाँ २१ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०७ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.४२ गुणा रहेको छ।

२१ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २ अर्ब ६६ करोड २६ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले चैत मसान्तसम्ममा जलविद्युत परियोजनामा ८ अर्ब ७२ करोड ऋण प्रवाह गरेको छ। तेस्रो त्रैमासमा मात्रै कम्पनीले १ अर्ब ३१ करोड थप ऋण प्रवाह गरी १ करोड ५७ लाख रुपैयाँ ऋण असुली गरेको छ। त्यसैगरी, चैत मसान्तसम्ममा स्वपूँजी लगानी अन्तर्गत सहायक कम्पनी तथा सार्वजनिक एवम् निजी क्षेत्रबाट प्रबद्र्धित जलविद्युत परियोजनाहरुमा ३ अर्ब १३ करोड स्वपूँजी लगानी गरेको छ। तेस्रो त्रैमासमा कम्पनीले थप ४१ करोड ५९ लाख रुपैयाँ थप शेयर लगानी गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।